त्रिवि अन्तर्गतका परीक्षाहरु भदौमा हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लामो समयको लकडाउनका कारण स्थगित रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु भदौ दोस्रो हप्तादेखि हुने भएका छन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै सञ्चालन हुन बाँकी परीक्षाहरु भदौ दोस्रो हप्तादेखि हुने जानकारी दिएको हो ।

महाशाखाको सूचनामा कोरोना भाइरस महामारीका कारण लकडाउन लागू भएपछि स्थगित गरिएका स्नातकोत्तर तहका परीक्षाको भदौ दोस्रो हप्तादेखि हुने उल्लेख छ । स्नातक तहको प्रथम, तेस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौ तेस्रो हप्तादेखि सञ्चालन गरिने त्रिविले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *