त्रिविका रोकिएका परीक्षा सञ्चालनको तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी थालेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठ लगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

कठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाईन परीक्षा सञ्चालन गर्न थालेपछि दबाबमा परेको त्रिविले रोकिएको परीक्षा छठ लगत्तै गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षार्थीलाई घर पायक परीक्षा दिनमिल्नेगरी तयारी थाल्न प्रदेश परीक्षा कार्यालयलाई निर्देशन दिएको बताए।

उनका अनुसार अनलाईन वा अन्य वैपल्पिक व्यवस्था सहित परीक्षा लिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । पनिकाले परीक्षाको कार्यतालिका दशैअघिनै थाल्नेगरी तयारी समेत गरेको छ । करिब ३ लाख विद्यार्थी रहेको त्रिविमा चैतदेखि परीक्षा हुन सकेको छैन । सेमेष्टर प्रणाली अनुसार वैकल्पिक विधिबाट पढाएतापनि परीक्षा सञ्चालन गर्न नसक्दा हजारौ विद्यार्थी समस्यामा परेका छन् ।

त्रिविले सेमेष्टर प्रणाली र कम विद्यार्थी भएका विषयका लागि छठ अघिनै परीक्षा गर्ने तयारी गरेको छ । सबै डीन कार्यालयलाई परीक्षा सञ्चालन गर्न कार्यायोजना तयार गर्न समेत आग्रह गरिएको नियन्त्रक जोशीले बताए।

त्रिविले स्वाथ्य मापदण्ड पालना र भौतिक दुरी कायम गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा मातहतका निकायलाई पत्राचार गरिसकेको छ । तर कोभिड–१९ को संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

त्रिविका रजिष्टार पेशल दाहालले परीक्षा सञ्चालन गर्न डीन कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले भने निर्देशन अनुसार छठ लगत्तै परीक्षा लिने तयारी भैरहेको छ, परिस्थिति अनुसार निर्णय हुनेछ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *