तेस्रोलिङ्गी अजिता भुजेलसंग यौन सम्पर्क ,मोलमोलाई अनी हत्या ,५ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई सार्बजनिक गरेको छ ।
प्रहरीले मँगलबार पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिका–११ की २९ बर्षीया अजिता भुजेलको हत्यामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक गरेको हो । माघ ४ गते राती करीब १ बजेको समयमा अजिताको घाँटीमा तारले बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा ५ क्याम्पाडाँडामा शव परेको थियो ।

हत्या अभियोगमा प्रहरीले पक्राउ गरि हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा–११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २५ बर्षीय सुशील थापा मगर, २४ बर्षीय आशिष बल र २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरी उपरिक्षक सुशीलसिँह राठौरले बताए ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले सबैलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *