तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेसहित २१ जनामा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेसहित विहीवार २१ जना नयाँ संक्रमित थपिएका छन् । मेयर पाण्डे कोरोना संक्रमन पुष्टि हुनुभन्दा पहिले ४ दिन अगाडिदेखि नै आशंका लागेर होम आइसोलेनसमा बस्दै आएका छन् ।

उनलाई संक्रमन पुष्टि भएपछि कार्यबहाक मेयर माया आचार्यको अध्यक्षतमा बिहीवार बसेको आकस्मिक बैठकले असोज २९ गतेसम्मको लागि उपमहानगरपालिका वन्द गर्ने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका र सबै १९ वटै वडाहरु २९ गतेसम्मका लागि वन्द गर्ने निर्णय भएको मेयरका प्रेस संयोजक वशन्त आचार्यले जानकारी दिए ।

मेयरसंगै उनका सचिवायलका एक कर्मचारीलाई पनि विहीवार कोरोना संक्रमन पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार विहीवार तुलसीपुर २१ जनामा संक्रमन पुष्टि भएको छ ।

केसीका अनुसार तुलसीपुरमा हालसम्म संक्रमितको संख्या २ सय ८८ पुगेको छ । त्यसमध्य विहीवार सम्म सक्रिय संक्रमितको संख्या ८० जना पुगेको फोकल पर्सन केसीले बताए । त्यो बाहेक अन्य सबै निको भएर घर फर्किसकेका छन् । तुलसीपुरमा हालसम्म एकजनामा मृत्यु पछि कोरोना संक्रमन पुष्टि भएको छ ।

दाङमा विहीवार सम्म कुल संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या भने २ सय ६४ पुगेको छ । हालसम्म दाङमा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *