तीन नेपाली खेलाडी टी ट्वान्टी बरीयतामा पर्न सफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालका तीन क्रिकेट खेलाडी पहिलोपटक पटक आइसीसी टी ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा समावेश भएका छन् । युवा लेग स्पीनर सन्दीप लामिछानेसहित करण केसी र अभिनाश बोहरा वरीयतामा परेका हुन । आइसीसीले सार्वजनिक गरेको नयाँ बरीयतामा तीनै खेलाडी बलरतर्फ समावेश भएका हुन ।

करण केसी भने अलराउण्डरमा पनि परेका छन् । पहिलो पटक टी ट्वान्टी वरीयतामा परेका सन्दीप ६४औं स्थानमा, करण केसी ८३ औं स्थानमा र अभिनाश १०० औं स्थानमा परेका हुन । ओमानमा भएको पेन्टागुलर सिरिजमा करण केसीले एघार, सन्दीपले सात विकेट लिएका थिए ।

तीन खेलाडी थप भएसँगै टी ट्वान्टी बरियतामा अटने खेलाडीको संख्या छ पुगेको छ । यसअघि नेपाली टिमका कप्तान पारस खड्का ब्याट्सम्यान र अलराउण्डरमा , सोमपाल कामी बलर र अलराउण्डरमा समावेश भैसकेका छन् । त्यस्तै स्पीनर बसन्त रेग्मी पनि बलरको वरीयतामा यसअघि नै परिसकेका छन् ।

कप्तान परास खडका ब्याट्सम्यानतर्फ ४५औं स्थानमा, सोमपाल ६८औं स्थानमा र बसन्त ९०औं स्थानमा छन । यसैगरी अलराउण्डरतर्फ सोमपाल कामी ६२ औं र करण केसी ८२ औं स्थानमा छन ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *