तालमा डुबेर एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुकुम पूर्व मा एकजनाको तालमा डुबेर मृत्यु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ का ५२ वर्षिय रुद्र बहादुर हमालको सोमबार कमल तालमा डुबेर मृत्यु भएको हो ।

कमल तालमा कमलको फुलको फुल टिप्न गएका हमालको तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व ले जानकारी दिएको छ । हमाल तालमा डुबेपछि परपर खेलीरहेका बच्चाहरुले प्रहरीलाई खबर गरेका थिए । तालबाट निकाल्दा अचेत अवस्थामा पुगेका हमाललाई उपचारको लागि स्वास्थ्यचौकी रुकुमकोटमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक योगेन्द्र कुमार खड्काले बताए ।

अन्तिम अवस्थामा पुगेका हमाललाई स्वास्थ्यचौकीमा पुर्‍याएपछि अक्सिजन दिदादिदै उनको मृत्यु भएको स्वास्थ्यचौकी रुकुमकोटले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *