तानाजीमा अजय देवगनको मराठी योद्धा अवतारको पहिलो लुक्स सार्वजनीक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउड अभिनेता अजय देवगन फिल्म ‘तानाजीः द अनसंग वारियर’ लिएर चर्चामा रहेका छन् । यो फिल्म एक बायोग्राफिकल पीरियड ड्रामा हो । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको छ । हालै अजय देवगनले फिल्मको पहिलो लुक सार्वजनिक गरेका छन् ।

सार्वजनिक पोस्टरमा अजय मराठी योद्धाको रुपमा देखिएका छन् । उनको पगडीको छेऊमा आगो लागेको छ । तानाजी अजयको १०० औं फिल्म हो । उनकी पत्नी काजोलले पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘३० वर्ष र १०० औं फिल्म । फुल और काँटे देखि लिएर गोलमाल, शिवाय र तानाजी सम्म आइपुग्दा आफ्नो मिहेन्तले जीत हासिल गरेको छौं । सबै फिल्मको क्यारेक्टर कहिँ न कहिँ तिम्रो नजिक आइपुग्छ । १०० फिल्म बर्थ डेको बधाई ।’

ओम राउतले निर्देशन गरेको फिल्ममा अजयसँगै काजोल र सैफ अली खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भुमिकामा देखिदैछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिदैछिन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *