तानसेनको फर्ममा सुन्तला पाकेर लटरम्मै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कार्तिक महिना मै सुन्तला पाक्यो भन्दा अचम्म लाग्दछ ।तर सुन्तला जात फलफुल बिकास केन्द्र तानसेनको फर्ममा पाकेर लटरम्म भएका छन् सुन्तला । फर्मको अध्यन अवलोकनका लागि पुग्ने जो कोहीलाइ पनि साना बोट ,ठुला दान , स्वादियो भएको सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेको र पाकेको देख्दा दंग परेर फर्कने गर्दछन्

केन्द्रको फर्ममा २ —४ वटा बोटमा मात्र होइन फममा रहेका ६५ वटा बोटमा जापानीज ओकीचुवासे प्रजातीको सुन्तला भदौको अन्तिम साता देखि पाक्न सुरु गरेको वरिष्ठ बागबानी अधिकृत बोम बहादुर थापाले बताए । नेपालको बागबानी तथा फलफुलको क्षेत्रमा जापान सरकार बाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो । उनै जापानी स्वयम सेवकहरुले यो प्रजातीको सुन्तला २०४४ —०४५ सालमा भित्र्याएको भए पनि पाल्पामा विगत १० वर्ष देखि परिक्षणको रुपमा लगाइएको र सफल भएको थापाले बताए ।

मध्य पहाडी क्षेत्रमा यसको व्यवसायीक खेति गर्न सकिने , नेपालको अन्य प्रजातीको सुन्तलाको तुलनामा स्वादमा निकै फरक , कम समय मै उत्पादन लिन सकिने , समुन्द्री सतह देखि ९ सय देखि १८ सय मिटरको उचाइमा यसको व्यवसायीक खेति गर्न सकिने भएकोले पहाडी जिल्लामा सफल हुने प्राविधिकहरु बताउछन् ।

प्राविधिकहरुका अनुसार (ओकीचुवासे) प्रजातिको सुन्तला ७ कीसिमको मध्य यो प्रजातिको मात्र सफल रुपमा उत्पादन लिन सकिने भएको छ । जिल्लाका अधिकाश क्षेत्रफलमा सुन्तलाको व्यवसायीक खेति हुदै आएको छ । त्यसमा अधिकाश स्थानिय जातका छन् । परम्परागत जातको तुलनामा यस बाट छोटो समयमै स्थानिय भन्दा अगाडि नै उत्पादन लिन सकिने भएको र मध्य पहाडी क्षेत्र मै यसको खेति गर्न सकिने बागबानी बिकास केन्द्रका प्रमुख राजेन्द्र कोइराला बताउछन् ।

आगामिक वर्ष देखि जिल्लाका स्थानिय तहहरु सग समन्वय गरी सभ्भाब्यताका आधारमा यसको खेति बिस्तार गरिने उनले बताए .बिया रहित , कलमी बाट बिरुवा तयार हुने भएकोले , कम समयमै यसको उत्पादन लिन सकिने भएको छ । यसको बिशेषता नै बिया नहुने , अम्लियपन नहुने चिनीको मात्रा कम हुने हिन्दुहरुको मुख्य पर्वका समयमा तयार हुने भएकोले पनि कृषकहरुको रोजाइ र छनोटमा पर्ने प्राविधिकहरु बताउउछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *