तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आईपुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर नेपाल आईपुगेको छ । १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो । चिनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगाएतको स्वास्थ सामाग्री नेपाल आईपुगेको हो । यो अक्सिजन सिलिन्डर निजी क्षेत्रका आयातकर्ताले आयात गरेका हुन् । तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पु¥याउने बताएको छ । स्वास्थ्य सामाग्री क्युमा पनि नराखिने र राजश्व पनि नलाग्ने भएकोले छिटै नै भन्सार प्रकृया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो । कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र ५ हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ ।।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *