ताक्लाकोटबाट भागेर हुम्ला आएका एकजना, स्वास्थ्यकर्मीको निगरानीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ताक्लाकोटबाट भागेर हिल्सा हुँदै नारा लेकको हिउ छिचोलेर आएका नेपालीलाई नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को मुचु प्रहरी चौकीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

कोरोना भाइरसको कुनै लक्षण नदेखिएका उनलाई स्थानीय बासिन्दाले आशंका गरेपछि प्रहरीले चौकीमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको हो ।चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीको व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

प्रहरी चौकीमै बस्ने खानेको व्यवस्था पनि गरिएको छ । यसरी ताक्लाकोटबाट भागेर नेपाल आउने सिमकोट गाउँपालिका वडा नम्बर ३ को लिमाटाङका २७ वर्षका लामा थरका व्यक्ति हुन् ।लामालाई थप परीक्षणको आवश्यकता परे चिकित्सक सहितको टोली जिल्लाबाट पठाउने तयारी पनि भएको छ । ताक्लाकोटबाट हिल्सा हुदै पाँच हजार मिटर अग्लो नारा लेकको हिउँ छिचोल्दै आएका कारण खुट्टा र शरिर हिउँले खाएर निलो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *