तराईका जिल्लामा पनी घन्कीदै ‘गो ब्याक इण्डिया’को नारा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भरतले नेपाली भुमि कब्जा गरेको भन्दै वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास अगाडि प्रर्दशन गरिएको छ ।

नेकपा निकट अनेरास्ववियु र देश बचाउ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारत बिरुद्ध प्रर्दशन गरेका हुन् ।कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लुम्पियाधुरा हाम्रो हो, नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौं युवाहरु प्रर्दशन गरेका थिए । घण्टाघरबाट शुरु प्रर्दशन भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

सभामा सहभागी वक्ताहरुले भारतले हालै प्रकाशण गरेको नक्सामा नेपाली भुमिलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए ।भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए ।

अनेरास्ववियुका युवा नेता मित्रदेव यादव र देश बचाउ संर्घष समितीका युवा नेता महमुद अंसारीकोे नेतृत्व आयोजित विरोध प्रदर्शनमा युवा नेता उमेश गुप्ता, अकलेश साह, रेयाज अंसारी, हेमन्त तमाड्ड, विवेक कुमार साह लगायतको सहभागिता रहेको थियो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *