तपाइको सिमकार्ड अरूकै नाममा छ ? चिन्ता नगर्नुस ,यसरी आफ्नै नाममा ल्याउन सकिन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल टेलिकमले अरुको नाममा भएको सिमकार्ड एप्समार्फत नै आफ्नो नाममा ल्याउन सकिने व्यवस्था गरेको छ । आगामी बुधबारदेखि टेलिकमको एप्समार्फत अन्य व्यक्तिको नाममा भएको पमिकार्ड आफ्नो नाममा गर्न सकनिे कम्पनीले जनाएको छ । 

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमले ‘नागरिक एप्स’ सञ्चालनमा ल्याउन लागेको हो । अब नेपाल टेलिकमको एप्सबाट कुनै कागजात बिना नै अन्य व्यक्तिको नाममा भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्न सकिने भएको हो । नागरिक एप्स मार्फत लोकसेवा आयोगको फारम, प्यान दर्ताको फारम, राहदानी फारम लगायतका सरकारी सेवाको पनि उपभोग गर्न सकिने छ । 

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *