तनहुमा कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

तनहुँको भीमाद नगरपालिकामा कोरोना संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्यहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखिएको थियो ।९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा र ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएकाहुन ।

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस अगाडि व्यास नगरपालिकाका २, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यस्तै, जिल्लामा ५९७ जनामा कोरोना देखिएकोमा ४११ जना निको भएर घर फर्किएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *