तनहुको व्यास नगरपालिकामा चितुवा मृत भेटियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

व्यास नगरपालिकामा मृत चितुवा भेटिएको छ ।
तनहु जिल्लाको भानु नगरपालीकाका विभिन्न वडाहरुमा नरभक्षी चितुवाले हालसम्ममा ६ जनाको ज्यान लिईसकेको छ भने ४ जनाभन्दा बढि घाईते बनाएको छन् , स्थानिय निकाय, स्थानिय प्रशासन तथा स्थानियहरुले पटक पटक प्रयास गर्दा पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन, हालसम्ममा छ वटा चितुवा नियन्त्रणमा आएपनि नरभक्षी चितुवा आतंक रोकिएको छैन , बिशेष गर बालबालिकालाई आफ्नो शिकार बनाउदै आएको चितुवा कति संख्यामा रहेको छ कसैले भेउ पाउन सकेका भानु नगरपालिकामा चितुवा आतंक भैइरहेको अवस्थामा ब्यास नगरपालिका वडा नं १ मा पृथ्वी राजमार्गको नजिकै एउटा चितुमा मृत अवस्थामा भेटिएको छ , सरिरको कुनै भागमा चोट नदेखिएको भाले चितुवाको ढाडको करंग भाचिएको हुनाले कुनै दुर्घटनामा परेको हुन सक्ने डिभिजन वन कार्यालय तनहुका सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो ।

जंगलछेत्र बढिरहेको र आहाराको लागि जंगली जनावर बिभिन्न स्थानहरुमा चाहार्ने क्रममा उक्त चितुवा दुर्घटनामा परेको र घाइते भएपश्चात पानीको खोजीमा उक्त स्थानमा आएको र संघर्ष गर्दै पानी खाएपश्चात मरेको घटनास्थल हेर्दा अनुमान गर्न सकिन्छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *