तनहुँमा गएको पहिरोमापरि ज्यान गुमाउनेको सख्या६ पुग्यो, ५ जना अझै बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा ६ जनाको ज्यान गएको छ । ऋषिङ गाउँपालिकामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् , उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेहरुमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेका छन । मृत्यु हुने माँझफाँटका तीन जना एकै परिवारका हुन् । सोही परिवारका २० वर्षीय राजेश थापा तथा रिसिङ–८ का भेषबहादुरकी श्रीमती २९ वर्षीया नानुमाया र छोरी ५ बर्षीया अमिषा तथा २२ बर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन ।

पहिरोका कारण व्यास–९ माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि मृत्यु भएको छ । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । पहिरोमा परि व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ । बेपत्ता सबैको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *