तनहुँको भानुमा पाँच जना बालबालिकाको ज्यान लिएको अनुमान गरिएको एउटा चितुवा खोरमा परेको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डेढ वर्षको अवधिमा तनहुँको भानुमा पाँच जना बालबालिकाको ज्यान लिएको अनुमान गरिएको एउटा चितुवा खोरमा परेको छ ।

भानु नगरपालिका–३ देउराली सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा गएराति चितुवा परेको हो । खोरमा परेको भाले चितुवा तौल ८० केजी र उमेर १३ वर्षको भएको अनुमान छ । फलामको खोरमा स्थान्तरण गरेर चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी गरिएको छ ।

गत असोज १३ गते पनि एउटा चितुवा काठको खोरमा परेको थियो । चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा चार वटा काठका खोर बनाइएको थियो । थप केही खोर पनि निर्माणको तयारी गरिएको छ । सो सामुदायिक बनमा रहेका चितुवाको आक्रमणवाट डेढ बर्षको विचमा पाँच जना बालबालिकाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *