तदर्थ समिती गठनको १ महिना पुग्दा पनि समिती ले पूर्णतापाएन

तदर्थ समिती गठनको १ महिना पुग्दा पनि समिती ले पूर्णता नपाएको र अधिबेसनको सुरसार नै नगरेको बिषयमा नेबिसंघ जनमैत्री कलेजले आज विचार गोष्टी आयोजना गरेको छ । तदर्थ समितिको अपूर्णताले विद्यार्थी आन्दोलन र विधिवत महाधिवेसनमा अन्योलता निम्तायको विद्यार्थी नेताहरुले चर्चा गरे । नेपाली काङ्रेसमा युवा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा बोल्दै काफ्लेले किस्ताबन्दी को तदर्थ समितिले अधिवेसनलाई अन्योल बनायको ले विद्यार्थी हरुले नेत्रित्वलाई निरन्तर खबरदारी गर्न सुझाब दिय । ३२ को एजेण्डामा अमरण अनसन बसेका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले अमरण अनसनको बेवास्ता गर्दै आयको तदर्थ समितिले एक महिना बित्दा पनि अधिवेसनको सामान्य प्रकृया पनि नथालेको ले अव पाच महिनामा अधिवेसन सम्पन्न गर्नेमा संका व्यक्त गरे । उनले छ महिना पछी एक दिन समय थपे पनि मान्य नहुने बाताय ।
कार्यक्रममा नेबिसंघ नेता हरु शिव रिमाल , ईश्वर विष्ट , मोती भण्डारी , इन्दु शर्मा , गणेश सापकोटा , इश्वर अधिकारी,मनिस सिम्खडा लगायतको उपस्थिती थियो । कार्यक्रम निराजन शाहीको सभापतित्वमा सम्पन्न भएको नेबिसंघ नेता सुरज अयरले बताए ।