ढुक्कहुनुस,दशैंमा बिदाको दिन पनि सरकारले बजार अनुगमन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस,काठमाडौं -सरकारले दशैंको सार्वजनिक बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कसैले कानुनविपरीतको काम गरेको भए प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

प्रवक्ता सुवेदीले यात्रुलाई सहयोगका लागि सहायता कक्ष स्थापना गरी सेवा दिँदै आएको समेत जानकारी दिए। गृह मन्त्रालयले केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३ र सशस्त्र प्रहरीको १११४ नम्बरमा टेलिफोन गरेर जानकारी गराउन विज्ञप्ति जारी गरेको छ।

आपसी सद्भाव र मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै गृह मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको जनाएको छ। मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतासँग आम उपभोक्तालाई सुपथ मूल्यमा सेवा दिनसमेत अनुरोध गरेको छ।

अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानुन मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुनअनुसार सरकारले कारवाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ।

दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले त्यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *