ढकमढ सयपत्री,भारतबाट फूल नआउने भएपछि नेपाली किसान हर्षित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हिन्दुहरुको दोस्रो महान चार्ड तिहारको समयमा विगतका वर्षहरुमा छिमेकी मुलुक भारतका ठुलो परिमाणमा मखमली र सयपत्री आयत हुदै आएकोमा यस वर्ष भारतीय फूल आयतमा कमी आउने अनुमान गरिएको छ ।

नेपाली किसानका खेतवारी ,करेशावारीमा समेत यस वर्ष सयपत्री र मखमली फूल फुलेका कारण पुर्वी नेपालमा यस वर्ष तिहारका लागि भारतीय फुल आयतमा कमी हुने अनुमान गरिएको हो ।

अनुकुल मौषस र समय भएका कारण यस वर्ष पुर्वी नेपालमा प्रयाप्त मात्रमा सयपत्री र मखमली फूल फुलेका छन । विशेष गरी सयपत्री र मखमली कार्तिक महिनामा फुल्ने भएका र यस वर्ष तिहार कार्तिक अन्तिम र भाईटिका मंसिर १ गते परेका कारण समेत पुर्वी नेपालमा यस वर्ष नेपाली फुल नै प्रयाप्त हुने अनुमान गरिएको छ ।

पुर्वका पहाडि तथा तराईका विभिन्न ठाउँहरुमा अहिले ढकमक सयपत्री फुल फुलेको देखिन्छ । व्यवसायिक रुपमा फूल खेती गर्ने किसानका बारी देखि रैथाने जातका आफना लागि मात्र फूल लगाउनेहरु कहाँ समेत यस वर्ष सयपत्री र मखमली फूल राम्ररी फुलेको देखिन्छ । स्थानीय स्तरमा मात्र भएपनि भारतीय फूलमा निर्भर बन्ने पर्ने अवस्थाको अन्त गर्ने लक्ष्य सहित यस वर्ष इटहरी ३का केही महिलाहरुले समुह बनाएर सयपत्री र मखमली फूल खेती गरेका छन ।
९ कठ्ठा क्षेत्रफलमा लगाएको फूल राम्रै फुलेका कारण स्थानीय स्तरमा मात्र भएपनि आत्म निर्भर हुने फूल खेती गर्ने सृजनशिल कृषि महिला उद्यमी समुहकी अध्यक्ष पवित्रा कोइराला वनाउछिन ।

भारतीयबाट आउने फुलको कारण विदेशीने नेपाली मुद्रा विदेशीन नदिन महिलाहरुको गरेको प्रयास प्रशंषा योग्य भएको भन्दै अन्य वर्षहरुमा अझ धेरै खेती गर्न स्थानीय तुलाराम दंगाल सुझाव दिन्छन ।

तिहार कार्तिक अन्त र मंसिरमा परेको कारण यस वर्ष स्थानीय जातका फूल समेत फुल्ने भएकोले आफुहरुले धेरै सयपत्री र मखमली नलाएको पुष्प व्यवसायी केदार अधिकारी वताउछन । तिहारको समयमा सयपत्री र मखमली विक्री गर्नेहरुले राम्रो आम्दानी समेत गर्दै आएको समेत अधिकारीले वताए ।

नेपालमा फूलहरु प्रयाप्त मात्रमा फुलेका भएपनि कम मुल्यमा भारतीय क्षेत्रबाट भित्र्ने सयपत्री र मखमली फुल र मालासंग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहने पुष्प व्यवसायीहरु अनुमान गर्दछन । फुल धेरै फुलेका कारण यस वर्ष फुल तथा माला विगतको तुलनामा सस्तो हुने अनुमान समेत गरिएको छ ।
तिहारको समयमा घर सजाउने देखि पुजाआजाका साथै दिदी बहिनीले दाजुभाई तथा दाजुभाइले दिदी वहिनीलाई मखमली र सयपत्रीका माला लगाइ दिने गरेकाले पनि तिहारको समयमा सयपत्री तथा मखमली फूलको माग अधिक हुने गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *