डोटीको फुलौटमा बस दुर्घटना,तीन जनाको मृत्यु,३२ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको गएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

उनले भने, ‘हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौं, घाइतेको संख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौं ।’ बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *