डेब्यु खेलमै मल्लले बनाए विश्वकिर्तीमान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – विश्वकप छनौटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ को दोस्रो खेलमा अहिले नेपाल र अमेरिकाबिच प्रतिस्पर्धा भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ३५ ओभरमा पाँच विकेटको क्षतिमा १३३ रन बनाएको छ । नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरेका छन् । उनले ४९ बलमा ५० रन पूरा गरेका हुन् । ५१ बल खेलेका उनी ५० रन बनाएपछि आउट भए । कुशलको ओडिआईमा यो डेब्यु खेल हो ।

मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । उनी कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

यसअघि सो कीर्तिमान नेपालकै रोहित कुमार पौडेलको नाममा थियो । पौडेलले १६ वर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान बनाएका थिए ।

मल्लले भने १५ वर्ष ३ सय ४० दिनमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *