डेनमार्कले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

डेनमार्कले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ । डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाएको छ । स्वास्थ्य सेवा विभागले डेनमार्क सरकारको पत्र पाए लगत्तै युनिसेफमा पत्र पठाइसकेका जनाएको छ ।

युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने बिभागले बताएको छ । यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज खोप नेपालले प्राप्त गरिसकेको छ । अमेरिकाले पनि नेपाललाई खोप वितरणमा प्राथमिकतामा राखेको छ । संख्या भजने खुलाएको छेैन । युकेबाट पनि खोपल्याने पहलमा प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *