डुङ्गेश्वरको वजेट पूर्वाधारमा केन्द्रित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

डुङ्गेश्वर गाउँपालिकाको आर्थिक वर्ष ०७७-०७८ को वजेट पूर्वाधार विकासमा केन्द्रित भएको छ । गाउँपालिकाले शुक्रवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष ०७७-०७८ को वजेट पूर्वाधार तथा स्वास्थ्य, शिक्षा र पर्यटनमा केन्द्रित रहेको जनाएको हो ।

यसै वर्ष ८ करोड वरावरको गाउँपालिकाको भवन निर्माण गर्दै छ भने ४ वटा वडा कार्यालयको भवन निर्माण भएको गाउँपलिकाले जानकारी गारएको छ । गाउँपलिकाका मुख्य सडक डुङ्गेश्व वजार देखि गाउँपालिका कार्यालय, मटेला – पांङकोट लगाएतका महत्वपूर्ण सडकहरुको स्तरवृद्धि तथा पर्यटकीय स्थलहरुको पूर्वाधार विकासमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव ०७७-०७८ को वजेट असार १० गते निती तथा कार्यक्रममा छलफलगरी असार २६ गते वजेट विनियोजन गरेको गाउँपालिका वडा नं ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता वमबहादुर विसीले सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रवक्ता विसीका अनुसार आव ०७७÷०७८ को वजेट ३४ करोड २५ लाख २३ हजार ६० रुपैया विनियनेज वित्तिय तर्फ ७ करोड ९३ लाख राजश्व वाडफाड, ६ करोड १० लाख ३३ हजार ३ सय ६० रुपैया वित्तिय समानिकरण प्रदेश तर्फ, ९९ लाख ३९ हजार राजश्व प्रदेश, ४ लाख ४० हजार शर्सत अनुदान तर्फ रहेको छ ।

साथै १३ करोड ४६ लाख ४० हजार समपुरक अनुदान तर्फ संघको, १ करोड विशेष अनुदान संघको, २ करोड सशर्त अनुदान तर्फ प्रदेश, ४० लाख समपुर प्रदेशको, १ करोड १५ लाख, विशेष अनुदान प्रदेशको ४० लाख, आन्तरीको स्रोतवाट २१ लाख ५० हजार, गाउँपालिकाको मौज्जात ४५ लाख, सडक वोर्ड १० लाख लागाएतको बजेट गाउँसभामा पारित गरिएको प्रवक्ता प्रत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

गाउपालकिाले चालुतर्फ २० करोड ४७ लाख ६३ हजार ३ सय ६० रुपैया विनियोजन गरिएको छ भने पूजिगत तर्फ १३ करोड ७७ लाख ३९ हजार रुपयां विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावलीले जानकारी दिएकी छन् । गाउँपालिकाले सर्बसम्मतबाट बजेट पारित गर्न खोजेपनि वडा नं १ र २ ले आफु अनुकुल वजेट नल्याएको भन्दै वजेट विनियोजनको आलोचना गरेका छन् ।

गाउँपालिकाले कुनै पनि कसै वडाहरुलाई विभेद नगरी समता मूलक र जनमूखी वजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् । अध्यक्ष मल्लका अनुसार वडा नं १ र२ का अध्यक्षको मागअनुसार वडाको प्रशासनिक खर्च १५ लाख दिन नसकिने र सवै वडाको प्रशासनिक खर्च कटाएर ५÷५ लाख विनियोजन गरिएको हो ।

प्रशासनिक खर्च कटौती गरिएपछि १ र २ वडाका अध्यक्षहरुले विमती जनाएपनि गाउँपालिकाको वजेट वहुमतवाट पारित गर्नु परेको अध्यक्ष मल्लले वताए । ‘विगतमा वडाको प्रशासनिक खर्चमा विनियोजन गरेको वजेट दुरुपयोग भएको सुन्नमा आएकाले यसको दुरुपयोग नहोस् भन्दै यस वर्ष हामिले वजेट वडमा कम गरेका हौं’ अध्यक्ष मल्लले भने ‘यसैलाई लिएर कोही कसैले गाउँपालिकाको वदनाम गर्न मिल्दैन वडामा सवैलाई समान व्यवहार गाउँपालिकाले गरेकै छ ।’

यसैगरी आव ०७४-०७५ मा गाउँसभावाट कार्यविधि पारित गरी वजेट प्रश्तुत गरे वापतको प्रोत्सान भक्ता २५ हजार उपाध्यक्षले वुझेको रकम मलेपले वेरुजु देखाएपछि उक्त रकम गाउँपालिकाकै कोषमा जम्मा गरिसकेको उपाध्यक्षले जनाइएकी छन् ।

गाउँपालिकाले डुङ्गेश्वर गाउपालिकामा निर्माण भएको रारा हाईड्रो पावरमा लगानि नभई २५ लाख को शेयर किनेको र उक्त शेयर गाउपालिकाको स्थायि पूजि भएको जनाएको छ । एफ एम रेडियोको लागि पांचलाख रकम छुट्याए पनि सो रकम खर्च नभएको जनाएको छ ।

गाउपालिकाले कर्मचारिहरुको वैठक भत्ता कटौतीगरि कोविट १९मा खर्च गरेको र कार्यपालिको निर्णय अनुशार कार्यविधिअनुरुप अध्यक्ष कोष स्थापना गरियकाले सो कोषको दुरुपयोग नभएको पत्रकार सम्मेलनमार्फत प्रश्ट पारिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *