डाक्टर विहीन कालीकोटका अस्पतालहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कालीकोट जिल्लाका स्वास्थ्य संस्थावाट नागरिकले महिनामा दुई दिनमात्रै बिशेषज्ञ उपचार सेवा पाउने गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकले दुई दिदा विरामी विशेषज्ञ उपचार सेवावाट बन्चित हुँदै आएका छन् ।

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन १५ शैयाको अस्पताल संचालन गर्ने नीति पारित गर्दा पनि कालीकोट जिल्लाका नागरिकले भने अहिलेसम्म पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट विशेषज्ञ सेवा पाउन सकिरहेका छैनन् । जुम्लाबाट आएका २ जना डाक्टरले २ दिने सेवा दिने भएकाले उपचारका लागि विरामीको लाम लाग्ने गरेको छ । अन्य दिन अस्पताल सुनसान रहे पनि विशेषज्ञ चिकित्सक आउने महिनाको १५ गते र २८ गते सेवाग्राहीको घुइचो लाग्ने गरेको छ ।

जुनसुकै महिनाको पनि १५ गते पनि १ सय भन्दा बढी सेवाग्राहीहरु जुम्लामा डाक्टरको प्रतिक्षामा बसिरहेका हुन्छन । समयमा डाक्टर नआएकाले आस मारिसकेका सेवाग्राही समय समयमा आउने विशेषज्ञ चिकित्सकमार्फत सेवा पाउदा पनि हर्षित हुने गरेका छन ।

औषधि र चिकित्सक नभएकै कारण जिल्लाको दुर्गममा भेगमा मानिस विरामी हुँदा पनि उपचार नगराइ बस्न बाध्य छन । खुट्टामा चोट लागेका विरामी समेत विज्ञ चिकित्सक आउने दिन कुरेर उपचार गराउनका लागि कुर्न बाध्य हुनुपरेको बताउछन् ।

दुई सातामा एकपटक भएपछि कालिकोटमा पुगेर सेवा दिन पाउदा चिकित्सक भने खुसी प्रकट गर्दछन् । गाँउमै आएर उपचार सेवा दिदा समेत स्थानीले भने चासो नदिने गरेको गुनासो समेत चिकित्सकहरुको छ ।

कालिकोटका बासिन्दाले लामो समयदेखि महिनामा दुई दिन मात्रै नभएर विरामीले तत्कालै उपचार सेवा पाउने ब्यवस्था गर्न आग्रह गर्दै आएका छन् । वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सक मार्फत कर्णालीका १० वटा जिल्लामा सेवा दिदै आएको छ । तर पर्याप्त चिकित्सक नहुँदा महिनामा दुई दिन बाहेक जानसक्ने अवस्था छैन । आठ जना चिकित्सकको दरवन्दी रहेपनि अहिले १ जना डाक्टरको भरमा कालिकोट जिल्ला स्वास्थ्य कार्यालय चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *