डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर स्थानीले गरे घेराउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंको बानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको घर स्थानीयले घेराउ गरेका छन् । बिहान उनीहरुले होस्टेल सञ्चालकलाई गाली गलौजसहित स्वास्थ्यकर्मीलाई नराख्न धम्क्याएका थिए ।

वानेश्वरस्थित सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित रानालाई स्थानीयले धम्काएको प्रहरीले जनाएको छ । घटनाबारे थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले होस्टल सञ्चालकलाई धम्काएको भन्दै स्वास्थ्य क्षेत्रमा संग्लन संघसंस्थाले घटनामा सग्लनलाई कारवाहीको माग गरेका छन ।

यता विषयमा परिस्थितीमा जनताको सेवामा खटिएका स्वास्थ्यकर्मी राखिएको कारण नै होस्टल सञ्चालक र स्वास्थ्यकर्मी धम्काउने कार्य निन्दनीय भएको चिकित्सकहरुको भनाइ रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *