डाक्टर गोविन्द केसीको १७ औं अनसन डडेलधुरामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले सुदूरपश्चिमको डडेल्धुरावाट १७ औैं अनशन शुरु गरेका छन । मनपरी चिकित्सा शिक्षा शुल्क निर्धारण, पदाधिकारी नियुक्तिमा मापदण्ड मिचेको लगायतका माग राखी उनी अनसन बस्न डडेलधुरा पुगेका हुन । डडेलधुरा अस्पताल नजिकैको निजी घरको कोठामा अनसन बस्दै डाक्टर केसीले राज्यले दर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा दिन आनाकानी गरेको गुनासो गरे ।

दुर्गम जिल्लाका स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नै आफुले अनसनका लागि डडेलधुरा जिल्ला चयन गरेको उनको भनाइ थियो । डाक्टर केसी लामो समयदेखि चिकित्साक्षेत्रको सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका छन । केसीले सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका छन । केसीसँग सरकारले सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सहमति गर पनि त्यसको कार्यान्वयन गरेको छैन । मेडिकल कलेजहरुले चर्को शुल्क अशुल्दा पनि सरकार मौन बसेकोमा समेत उनको आपत्ति छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *