डाक्टरभक्तमान श्रेष्ठलाई १८ दिनसम्म अपहरण गरी फिरौती माग्ने मुख्य योजनाकार पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं : भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनकार पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले बिहीवार काठमाडौंका ४१ वर्षीय गौतम योञ्जनलाई पक्राउ गरेको हो।

योञ्जनको समूहले २०६७ जेठ ४ गते चितवन भरतपुर नगरपालिका १० स्थित चौबिसकोटीबाट डाक्टर श्रेष्ठलाई अपहरण गरेको थियो। बीपी क्यान्सर भरतपुरका निर्देशकसमेत रहेका श्रेष्ठलाई अपहरण गरी काठमाडौं र नुवाकोटमा राखेर फिरौती रकम लिएको थियो। फिरौती रकम पाएपछि योञ्जनको समूहले डाक्टर श्रेष्ठलाई धादिङमा लगेर १८ दिनपछि अपहरणमुक्त गरेका थिए।

पुनरावेदन अदालत हेटौंडाले २०७० माघ २१ गते योञ्जनलाई ९ वर्ष कैद सजाय र ५० हजार जरिवाना सुनाएको थियो। प्रहरीले नियन्त्रणमा लिएका योञ्जनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइसकेको छ। पहिलोपोष्ट

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *