डराई डराई रात बिताउन बिबश छनः अनाथ बालबालिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखाको भीमेश्वर नगरपालिका ५ मा रहेको गौरिशंकर बालगृहका अनाथ बालबालिका डराई डराई रात बिताउन बिबश छन । भुकम्प तथा पटक पटक गएको प्रराकम्पबाट चिरा चिरा भएको भवनका भिता हेरी सूत्न बाध्य भएका यि बालबालिका डराई डराई रात बिताउन बाध्य भएका हुन ।
२०७२ सालमा गएको भुकम्पबाट जिल्ला रहेका सरकारी कार्यालय, निजि भवनहरुको पूर्ननिमार्ण भए पनि यस अनाथ बालगृह पूर्न निमार्णको पर्खाइ रहेकोछ । नेपाल बाल संगठनले यस बालगृहका बालबालिबालाई खाना लाउन ,शिक्ष स्वास्थ्यमा हेरे पनि भवनको भने अत्यन्तै दयानिय र डरलाग्दो अबस्था हुदा समेत नेपाल बाल संगठनका कर्मचारी हेर्न समेत नआएको स्थानिहरु बताउछन । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको समेत ध्यान नगएकोले यहाँका बालबालिका अत्यन्तै डराएर बसी रहेकोले भवन निमार्णमा राज्यको ध्यान स्थानिय बासीले आग्रह गरेकाछन ।

कोरोना बाट यि ३० जना अनाथ बालबालिका संक्रमण नहोस भने गौरिशंकर बालगृहले सचेतता अपनाएको छ ।एउटै कोठामा धेरै बालबालिका सुताउनु परेका कारण कोरोना संक्रमणको जोखिमको बढी डर भएको केन्द्रले जनाएको । नर्सरी देखी कक्षा १० सम्म पढ्ने बालकालिका गौरिशंकर बालगृहमा रहेकोले सबैको उचितरुपमा शिक्षा ,स्वास्थ्य , खेलकुद र खाना नास्ताको राम्रो ब्यबस्था गरेको केन्द्रले जनाएको छ

२०५३ सालमा निदरल्याडस अन्र्तराष्ट्रिय बाल बल्याण संगठनको तथा नेपाल बाल संगठनको संयुक्त सहयोगमा स्थापित गौरिशंकर बालगृहमा बाबु आमा दुबै नभएका बालबालिका लाई आश्रय दिई उनीहरुको पालन पोषन गरिदै आएको छ । यहाँ रहेका सबै बालबालिका खाना खान ,पढुन र खेल्न पाएकोमा खुशि छन । तर भुकम्पले चिराचिरा भएको भवनको भिता देखेर निदाउन गाहे भएको बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *