डडेल्धुरामा काठतस्करी गर्ने गि,रोह सक्रिय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठ तस्करी हुने जिल्लाका रुपमा परिचित डडेल्धुरा जिल्लामा फेरी काठ तस्करी गर्ने गिरोह सक्रिय देखिएको छ । सामुदायिक वन तथा राष्ट्रिय वनक्षेत्र बाट वन कर्मचारीहरु संगको मिलोमतोमा डडेल्धुराको भित्री मधेश क्षेत्रबाट काठ तस्करी हुनेगरेकोछ ।

नेपालकै उत्कृष्ट साल जातको काठ पाईने डडेलधुराको यस क्षेत्रको काठ कैलाली तथा कञ्चनपुरका विभिन्न मिलहरुमा पु¥याईने गरेको छ । राजनितिक पहुच भएका व्यक्तिहरु काठ तस्करी गर्ने गिरोहका रुपमा सक्रिय रहने गरेको पाईएको छ । पछिल्लो समय घाटगद्दीमा रहेको काठ समेत तस्करी भईरहेको रहस्य खुल्नआएको छ ।
सामुदायिक वनक्षेत्रबाट संकलन गरि राखिएको ९१ क्युफिट काठ तस्करी भएको परशुराम नगरपालिका १ मा रहेको सिद्धनाथ समुदायिक वनका अध्यक्ष गंगाराम गिरी बताएपछि तस्करीको रहस्य खुलेको हो ।

काठ तस्करी बढेपछि वन कार्यालयले उक्त क्षेत्रमा गस्ती गर्ने क्रममा काठ तस्करीमा सक्रिय राजेन्द्र निर्माण सेवा कम्पनीका सुपरभाईजर कञ्चनपुरको भिमदत्त नगरपालिका ९ ब्रहमदेव बस्ने चक्रबहादुर सावद लाई सोमबार राति पक्राउ गरको छ ।
काठको घाटगद्दी गरेको स्थानबाट गोलीया चोरी भएको भनी सामुदायिक वनले जाहेरी गरेपछि विशेष सुचनाका आधारमा गस्ती गर्ने क्रममा लुकाई राखेको अवस्थामा काठ वरामद गर्नुका साथै साँउदलाई गिरफ्तार गरिएको जनाईएको छ ।

रंगुन नदिमा निर्माणाधिन पुलनजिक कामदार बस्नका लागी बनाईएका टहरामा लुकाई राखेको अवस्थामा बरामद गरेको सहायक वन अधिकृत दिपेन्द्र केसीले जाकारी दिएकाछन् ।वन क्षेत्रमा हुने काठको चोरी तस्करी रोक्नका लागि वन डिभिजन कार्यालय डडेल्धुरा भने मौन रहदै आएको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *