ठूला मिडिया हाउसमा रूवाबासी,नागरिकमा विद्रोह : कान्तिपुर ओरालोमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – गलत सम्पादकीय नीति र व्यवस्थापनका कारण ठूला अर्बपति मिडिया हाउस भनेर चिनिएका कान्तिपुर र नागरिक दैनिक आश्चर्यजनक ओरालो यात्रामा झरेका छन् । दुवै पत्रिकाको विक्री र विज्ञापन ह्वात्तै घटेको छ । कान्तिपुरमा नेताका सिफारिसमा सम्पादकसहित पत्रकार राख्न थालेपछि पत्रिका नै एकपक्षीय बनेको छ भने पाठकहरू कान्तिपुरले लेखेको पत्याउनै छाड्न थालेका छन् । एक ताका काठमाडाै उपत्यकामा मात्र एक लाख विक्री हुने कान्तिपुर अहिले घरघरका ग्राहक सहित ५० हजारमा झरेको छ ।

विज्ञापनको नाफामा झण्डै ५० प्रतिशत कम भइसकेको छ । र, विगत वर्षको भन्दा विज्ञापनको आम्दानीको क्रम घट्दो छ । यी पत्रिकाका मालिकहरूमा छटपटी सुरु भएको छ ।
श्रमजीवीका मुद्दा मिलाउछु भन्दै नारायण वाग्लेलाई किक आउट गरी प्रधानसम्पादकको नेतृत्व सम्हालेका सुधीर शर्माले पत्रकार र पत्रिकाको थिति मिलाउन सकेका छैनन् ।

 

पाँच महिना पुग्दा पनि न न्यूनतम तलब दिइएको छ, न पत्रिकाको स्तर बढेको भन्दै पत्रकारहरू रुष्ट बनेका छन् । झन् मासिक एक लाख रुपैयाँ भन्दा माथि नै तलब खुवाएर दुई जना कन्सल्ट्याण्ट भित्र्याएपछि थोरै तलब बुझ्दै आएका केएमजीका पत्रकारहरू रिसले चुर बनेका छन् । भाषा सम्पादन हेर्नेगरी भित्रिएका शरच्चन्द्र वस्तीको काम छापिएका समाचारमा रातो गोलो लगाउने मात्र भएको भन्दै साप्ताहिक बैठकहरूमा पत्रकारहरू कराउन थालेको साधुले लेखेकाे छ ।

 

खोजी पत्रकारितामा दख्खल राख्ने मोहन मैनाली रिपोर्टिंग कन्सल्ट्यान्टमा भित्रिएपछि अन्य पत्रकारहरूले पनि सुविधा माग्न थालेका छन् । चिफ रिपोर्टर बलराम बानियाँ, राजनीतिक ब्यूरो प्रमुख दुर्गा खनालसहित कुलचन्द्र न्यौपाने, दीपेन्द्र विष्ट, कृष्ण ज्ञवाली, सुरज कुँवर, गणेश राई, अब्दुल्लाह मियाँ, जनकराज सापकोटाजस्ता चर्चित पत्रकारहरूले चित्तबुझ्दो सुविधा विना  आफूहरूले काम गर्न नसक्ने जानकारी प्रधान सम्पादक शर्मालाई दिइसकेको स्रोत बताउछ ।

 

कान्तिपुरले झन् २ जना कन्सल्ट्याण्ट भित्र्याउदा शर्माले आफूहरूलाई जानकारी नै नदिएकोमा सिनियर स्टाफहरूले चित्त दुखाएका छन् । यही ताल हो भने विज्ञ पत्रकार बनी आएका २ जनाको हालत छापिएका समाचारमै चिन्ह लगाउनेमा सीमित हुने खालका ठट्टा कान्तिपुर क्यान्टीनतिर हुन थालेको एकजना पीडित श्रमजीवी पत्रकारले बताए । भित्रैबाट प्रमोशन भई समाचार सम्पादकको जिम्मेवारीमा रहेका श्रीष भण्डारी भने आफूले पाइरहेको रुमबाट बाहिर निस्कन नपरेकोमै दङ्ग परेका छन् । समाचार खोजी, पत्रिकाको बढोत्तरीलगायतमा हाल उनको खासै भूमिका नदेखिएको एक पत्रकारले जानकारी दिए ।

 

कान्तिपुरले अहिलेसम्म पत्रकारलाई सरकारले निर्धारण गरेको न्यूनतम तलब रु.२४५००। पनि दिन नसकेको गुनासो रहेको छ । जसका कारण पत्रकारहरूको प्रेस परिचयपत्र बन्न सकेको छैन । त्यो नबन्दा पत्रकारहरू रिपोर्टि¨का लागि सिंहदरबार प्रवेश हुनबाट बञ्चित छन् ।

 

नारायण वाग्लेको पालामै सुरु यो किचलो उतिबेला शर्माले ट्वीट गरी सामान्य कुरा मिलाउन नसकेको भन्दै सार्वजनिक गरेका छन् । पछि व्यस्थापनले उनैलाई प्रधानसम्पादकको जिम्मेवारी दिएको पाँच महिना भइसक्दा अवस्थामा कुनै सुधार छैन । यीलगायत कारणले पत्रिका ओरालोतिर लागेपछि कमाइका लागि व्यवस्थापनका ध्यान अनलाइन अघि बढाउनेतिर पुगेको छ । त्यही कारण कान्तिपुर अनलाइनमा पत्रकार संख्या बढाउदै २० जना पु¥याइएको खबर छ ।

 

उता, नागरिक दैनिकमा न्यूनतम तलब त छैन नै, खाइपाइ आएको तलब नै पत्रकार कर्मचारीहरूले तीन महिनादेखि पाएका छैनन् । काठमाडौं बाहिरका पत्रकारहरूले १० महिनासम्मकै तलब नपाएको गुनासोसहित सम्पादक गुणराज लुइँटेललाई धम्क्याउन थालेका छन् । आजकाल कुनै पत्रकारको फोन सम्पादकले उठाउनै छाडेको बुझिएको छ । फोन नै नउठेपछि के काम होला र भन्दै नागरिकभित्र पत्रकार अचम्ममा पर्न थालेका छन् ।

 

त्यतिमात्र होइन, नागरिकका वरिष्ठ पत्रकाहरूले त २०७६ माघ २५ गतेभित्र रोकिएका सबै तलब नपाए कामै नगरी कार्यालयमा बस्ने धम्कीपत्र व्यवस्थापनलाई बुझाइसकेका छन् । त्यसरी हस्ताक्षरसहित बुझाउनेहरूमा तिलक पाठक, बालकृष्ण ज्ञवाली, रुद्र खड्का, अशोक दाहाल, कोषराज कोइराला, भुवन शर्मासहित छन् । उनीहरूले २०७६ माघ १६ गते व्यवस्थापनलाई पेस गरेका थिए ।

 

यही समस्या ‘राजधानी’ र ‘कारोवार’ दैनिकमा समेत देखिएको छ । राजधानीमा २ महिनादेखि तलब दिइएको छैन । पत्रिकाको स्तर माथि उठ्न नसकेको, केही सीमित कर्मचारीको पक्षमा मात्र पत्रिका दुरुपयोग गरेको आरोप व्यवस्थापनले सम्पादकलाई लगाउन थालेका छन् । तलबको कुरा गरे पत्रिका नै बन्द गरिदिन्छु भनेर अध्यक्ष महेन्द्रबहादुर शेरचनले भनेपछि राजधानीकर्मीहरू तितरवितर हुन थालेको थाहा भएको छ ।

‘कारोवार’मा पनि पत्रकार धर्मेन्द्र कर्णको नेतृत्वमा तलब, सुविधाकै विषयमा जारी आन्दोलन टुंगिएको छैन । ठूला मिडियाहरूले तोकिएको तलब समयमै भुक्तानी नगरेमा ‘महगाे पर्ला’ भन्ने धम्की नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले आफ्नो फेसबुक पेजमा स्टाटसले लेखेर दिएका छन् । सचिव दाहालले लेखेका छन्–‘‘लज्जा शरणम् † खुरूक्क तलब देउ अनि वार्तामार्फत समाधान खोज । अन्यथा महङ्गो पर्ला ।’’साघुअनलाईन बाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *