ठूला मिडियालेनै दिएनन पत्रकारलाई तलब,पत्रकारले गरे बालुवाटारमा प्रर्दशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विभिन्‍न सञ्चार गृहबाट कोरोना महामारीको बहानामा पीडित बनाइएका पत्रकार तथा कर्मचारीहरुले बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समिति र सञ्चारगृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिको अगुवाइमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने र नगराउने खै सरकार कता छ ? भन्दै सरकारको ध्यानाकर्षण गराउन बालुवाटारमा थाल थटाएर प्रदर्शन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सरकारले कार्यान्वयन गराउन नसकेको भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

सञ्चारगृहको ज्यादति र शोषणको विषयमा पटक पटक आवाज उठाएपनि कोरोना महामारीलाई देखाएर तलव सुविधा नदिएको र जवरजस्ती कामबाट निकालेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

प्रदर्शनमा पत्रकार महासंघका महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न नसके यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीकाबीच श्रमजिवी पत्रकारहरु भोकभोकै मर्नुपर्ने अवस्था आएपनि राज्यले भने कुनै चासो नदिएको उहाको भनाई छ ।

उनीहरु असोज १५ गतेदेखि २७ गतेसम्म आन्दोलनको पहिलो चरणमा २० गतेसम्म बानेश्वरमा ५ दिने रिले अनसन बसेका थिए । समितिले आफुहरुको माग सुनुवाइ नभएको भन्दै अर्को चरणको आन्दोलनको घोषणा गर्ने चेतावनी पनि दिएको छ ।

प्रदर्शनका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक तथा केन्द्रीय सदस्य जैसी, अर्का केन्द्रीय सदस्य गोविन्द चौलागाईँ, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका नेता जगनाथ दुफाल, प्रेस संगठनका नेता सागर पन्त, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेश शाही, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करन बडाल, क्रान्तिकारी पत्रकार महासंघका प्रतिनिधिहरु, आठवटै ट्रेड युनियन संयुक्त संघर्ष समितिका तर्फबाट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष लोकेन्द्र थापा, प्रगतिशील ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, महासचिव राजन तामाङ, कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिका संयोजक श्रीराम वाग्ले, कान्तिपुर, कारोबार, अन्नपूर्ण, नागरिक, एभिन्युज, माउन्टेन टिभी, नेपाल आज अनलाइनका पीडित श्रमजीवीहरुलगायत सम्पूर्ण पत्रकार तथा श्रमजीवीहरुको सहभागिता गरेहेका थियो। दशैंलगत्तै दोश्रो चरणको सशक्त आन्दोलन गर्ने महासंघले तयारी गरेको छ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *