ठुलो परिमाणमा लागूऔषध गाजा बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पर्साको पटेर्वा सुगौली गाउपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाजा बरामद गरेको छ । पटेर्वासुगौली गाउपालिका वडा नम्बर ५ देउरियाका राज ओझैयाको घरमा प्रहरीले छापामारी गरि भण्डारण गरिराखेको १ सय ३१ किलो गांजा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ओझैयाको घरमा छापा मारेर गाँजासहित उनलाई नियंत्रणमा लिएको प्रहरलिे जनाएको छ ।

गाँजासहित पक्राउ परेका ओझैयालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रहरी प्रवक्ता मनोजित कुवरले बताए ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *