ठुलो परिणाममा गाजाँसहित पक्राउ परेका २ जना सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट ठुलो परिणाममा गाजाँसहित पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालयले फागुन १३ र १७ गते एकै गाउँबाट ३२ किलो ७ सय ग्राम गाजाँसहित प्रकाउ परेका दुईजनालाई सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय दरवबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका गाउँपालिका– २ रुम भिरखर्कका ३४ बर्षका होमबहादुर पुनलाई १२ किलोग्राम ८५० गाँजासहित र सोही गाउँपालिका वडानम्वर ३ डाडाँगाउँ पात्लेका ६३ बर्षिय हर्कबहादुर रोकालाई २० किलो ९०० ग्राम गाजासहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । उनीहरुबाट गाजा र गाजाँ बनाउने सामाग्री समेत प्रहरीले बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बोराभित्र हालेर बाख्राको खोरमा लुकाएको अवस्थामा १२ किलो गाजाँसहित होमबहादुर पुनलाई नियन्त्रण लिएको हो भने गोठमा लुकाएर राखेको २० किलो गाजाँसहित हर्कबहादुर रोकालाई प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दश किलोग्राम देखि माथि गाजाँसहित पक्राउ परेमा दुईबषदेखि १० बर्षसम्म कैद सजाय र १५ हजार देखि १ लाख सम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

पछिल्लो समय प्रहरीले गाजाँ, जुवातास खेल्नेलाई कानुनी रुपमा पक्राउ गर्न सफल भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *