ठमेलमा गुण्डागर्दी गर्ने ‘राते’ पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने राते भन्‍ने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।

०७५ को चैत १८ गते काठमाडौंको महानगरपालिका२६ स्थित एलओडी क्लब अगाडि ज्यान मार्ने उद्देश्यले विष्णु कठायतको टाउकोमा रड प्रहार गरेको भन्‍ने उजुरीका आधारमा महानगरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी घर भई हाल काठमाडौं महानपालिका नयाँ बजार- १६ मा बस्‍ने सुजन श्रेष्ठलाज्ञ पुस १७ गते नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सकुल थापाले जानकारी दिए ।

उनीसँगै रहेका अर्का रेम्बो भन्‍ने अजय गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धानका लागि रातेलाई महानगरीय प्रहरी वृत लैनचौर पठाइएको एसएसपी थापाले जानकारी दिए । उनी चरी समूहमा रहेका गुण्डागर्दीमा सक्रिय रहेको प्रहरीको भनाई छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *