ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखानाका सेवा बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् ।

महाशाखामा रहेका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् । महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् ।

क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *