ट्रम्पको पत्रकार सम्मेलन चल्दै गर्दा ह्वाइट हाउस नजिकै गोली चल्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एजेन्सी स् अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नियमित पत्रकार सम्मेलन चलीरहेको समयमा गोली चलेको हो । गोली चलेपछि ट्रम्पले गरिरहेको पत्रकार सम्मेलन केही समय प्रभावित समेत भएको थियो ।

गुप्तचर निकायका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर ट्रम्प भित्र गएका थिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो । झण्डै ९ मिनेटपछि पुन पत्रकार सम्मेलन स्थलमा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्दुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको जानकारी दिएका थिए ।

घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् । गोली प्रहारवाट घाइतेलाई अस्पताल लगिएको छ । गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *