ट्रमा सेन्टरमा कोरोना संक्रमित भेटिए,स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमान्डौस्थित राष्ट्रिय ट्रमा सेन्टरका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्।अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार स्टोर किपरको जिम्मेवारी पाएका एक कर्मचारीमा ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

उनलाई कोरोना देखिएपछि अस्पतालका निर्देशक डा सन्तोष पौडेलसहित प्राइमरी कन्ट्याक्टमा रहेका करिब ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारी क्वारेन्टिनमा छन्।ठूलो संख्यामा कर्मचारीहरु क्वारेन्टिनमा भएपछि अस्पतालको सेवा प्रभावित हुने डा पौडेलले बताए। अस्पतालको सेवा जारी भए पनि अत्यावश्यक उपचार गर्नु नपर्ने बिरामीलाई केही समय पछाडि आउन आग्रह गरिने उनले बताए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *