ट्रकको ठक्करबाट घाइते भएकि विद्यार्थीलाई राजधानी ल्याइयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके – कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएकी प्रकृति चन्दलाई काठमाडौं ल्याईएको छ । थप उपचारका लागि उनलाई ग्वार्कोस्थित बीएण्बी अस्पतालमा लगिएको हो।

त्रिभुवन माध्यामिक विद्यालय कक्षा ७ मा अध्ययनरत प्रकृतिका दुबै खुट्टा ट्रकको टायरबाट पेलिएका छन्। कोहलपुरमा यो दुर्घटनाको विरोध प्रदर्शन भइरहेको छ। उक्त प्रदर्शनमा गोली पनि चलेको हो। अहिले कोहलपुरमा कर्फ्यू लागेको छ।

विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको हो। झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *