ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुइ जना घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । भगवतीमाई गाउँपालिका ४ को मन्घरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका ५ का २० बर्षिय भीमबहादुर वि.क रहेको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कँडेले जानकारी दिए ।
घाईते हुनेमा भगवतीमाई गाउँपालिका ५ कट्टीका १९ बर्षिय सहचालक ललित वि.क र सोही ठाउँ निवासी २८ बर्षिय चालक दिपक वि.क रहेको प्रहरीले जनाएको छ ।

घाईतेको टाउको र खुट्टामा चोट लागेको छ । घाईते दुवै जनाको स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भईरहेको छ । विहान करीब ८:30 बजेतिर जाजरकोटको सुयाडा देखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ त ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको कँडेले जानकारी दिए । ट्याक्टर तिव्रगतिका कारण अनियन्त्रित भई सडक भन्दा २ सय मिटर तल खसेको प्रहरीले जनाईएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *