टेलिकमको वार्षिकोत्सवमा आधिकारिक ट्रेड यूनियन किन असन्तुष्ट ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बूधबार आफ्नो १६ औं बार्षिकोत्सव मनाएको छ ।

सरकारी क्षेत्रको एकमात्र टेलिकम कम्पनीले कार्यक्रमको उद्घाटन गर्दै सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले छोटो समयमा नेपाल टेलिकमले उल्लेख्य प्रगती गरिरहेको बताउनुभयो । टेलिकमले ठूला ठूला आयोजनामा काम गरिरहेको बताउँदै अन्य योजना समेत निर्माण गर्ने संचारमन्त्रीले बताउनुभयो ।

मन्त्री बास्कोटाले सेवा बिस्तार संगसंगै गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिएनुभयो । उहाँले राजनितीका लागि राजनिति नगर्न तथा संस्थाको हितका लागि अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

टेलिकमले वार्षिकोत्सव मनाईरहँदा आधिकारिक ट्रेड यूनियनका असन्तुष्ट कर्मचारीहरुले भने विरोध प्रदर्शन गरेका थिए ।उनीहरुले कर्मचारीले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै पम्पलेट सहित प्रदर्शन गरेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *