टीयूको परीक्षा नसर्ने, निर्धारीत मितिमा नै हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यथावत् रुपमा परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसले कुनैपनि सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण कार्यालयले पूरा गरेको जनाएको छ । त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आंशिक परीक्षा आगामी चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेष्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेष्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु हुँदैछ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा आगामी चैत ५ गतेभित्र सक्न नर्देशन दिइसकेको छ ।केहि समय परिक्षा चैत्र ६ गते भित्र सम्पन्न गरिसक्नु पर्ने समाचारले यो परिक्षा पनी सर्नेहो कि भन्ने आम विद्यार्थीहरुमा अन्योलता छाएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *