टिउसन शुल्क नतिरेका भन्दै शिक्षकले परीक्षाबाटै बञ्चित गराए एक बालीकालाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

म्याग्दीको बेनी नगरपालिका–९ नाप्टेचौरमा रहेको राष्ट्रिय माध्यामिक बिद्यालयका एक शिक्षकले विद्यार्थीले टिउसन कक्षाको शुल्क नतिरेको भन्दै परिक्षा दिनबाट बञ्चित गरेका छन् ।

कक्षा ९ मा अध्ययन गर्ने आरती खड्कालाई टिउसन कक्षाको शुल्क नदिएको भन्दै सोही विद्यालयमा अध्यापन गराउने शिक्षक शंखर चोखालले परिक्षा दिनबाट बन्चित गराएको खड्काको परिवारले दुखेसो गरेकाछन् ।

शिक्षक चोखालले बार्षिक परिक्षा दिनका लागि विद्यालयको परिक्षा कोठामा पुगेकी छात्रालाई टिउसन कक्षा शुल्क नदिएको भन्दै कक्षाबाट निकालिदिएको छात्राका अभिभावकले बताएका छन्।
विद्यालयकी प्राध्यानध्यापक तारा चोखाल बानियाँले भने शिक्षकले विद्यार्थीको आमालाई हिजो फोन गरेर कोचिङ कक्षाको शुल्क नबुझाए विद्यार्थीले परिक्षा दिन नपाउने बताएको जानकारी आएको बताईन ।उनले यो बिषयमा मलाई पनी थाहा थिएन पछी उनी परिक्षा दिन नआएको जानकारी पाँएपछी पुन परिक्षा दिनको लागि आफुले आग्रह गरको बताईन ।

उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चोखालले भने टिउसन कक्षाको शुल्क नदिएको आधारमा परिक्षाबाट बञ्चित गराउनु भनेको उनको भविष्यमाथि खेलवाड गर्नु हो । शिक्षकले गलत गरेको बताएकाछन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *