टर्की र ग्रीसमा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, १२० घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

टर्कीमा शुक्रबार शक्तिशाली भूकम्प जाँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने १ सय २० घाइते भएका छन् ।

टर्कीको ग्रीससँग जोडिएको सीमाक्षेत्रमा केन्द्रबिन्दु बनेर गएको भूकम्पले गर्दा ग्रसीका केही सहरमा पनि यसको ठूलो धक्का महसुश गरिएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसले गर्दा थुप्रै भौतिक संरचना भत्किएका छन् । थुप्रै स्थानमा मानिसहरु च्यापिएर रहेको बताइएको छ । स्थानीय मिडियाका अनुसार अहिले उद्धारकार्य जारी छ ।

भूकम्पको धक्का महसुश भएपछि सीमाक्षेत्रस्थित इजमिर सहरका अधिकांश मानिसहरु घरबाहिर निस्किएर भागदौड नै मच्चिएको प्रतक्षदर्शीले बताएका छन् । उक्त सहरमा थुप्रै भवन भत्किएका छन् भने केही मानिसहरु भत्किएका घरभित्रै च्यापिएर रहेका छन् । तर उनीहरुको उद्धारकार्य अहिले भइरहेको छ। सहरमा भूकम्पपछिको दृश्य तथा भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् ।

हामीले पाएको सूचना अनुसार इजमिर प्रान्तमा ६ वटा भवन भत्किएका छन् टर्कीका गृहमन्त्री सुलेमन स्योलुले भनेका छन् । वातावरणमन्त्री मुरत कुरुमले भने भत्किएका भवनमा केही मानिस च्यापिएको जानकारी दिए । भूकम्पका कारण टर्कीको समुद्रमा सुनामी समेत आएको बताइएको छ । स्थानीय मिडियाका अनुसार सरकारले समुद्र नजिकैका नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।

स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा इजमिर प्रान्तमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । साथै उक्त भूकम्पको १७ किलोमिटर गहिराइ रहेको पनि बताइएको छ । यद्यपि भूकम्प मापन गर्ने टर्कीको सरकारी निकायले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसअघि पनि टर्कीको राजधानी इस्तानबुल नजिकै १९९९ मा १७ हजार भन्दा धेरैको मृत्यु हुने गरी भूकम्प गएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *