झुठ्ठा लान्छाना लगाई गालि बेइज्जती गरेको भन्दै गोकुल बाँस्कोटाले मुद्दा हाले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले आज प्रतिनिधिमार्फत मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको सत्तरी करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए ।

मिश्रले आफुविरुद्ध झुटा लाञ्छना लगाएकाले कारवाही गर्न माग गरिएको बाँस्कोटाले जानकारी दिए । यसअघि बिहीबार प्रधानमन्त्री केपी ओलीले बाँस्कोटाको बचाउ गरेका थिए । ओलीले गोकुल बास्कोटाको अडियोमा बोली नभएको दावी गर्दै नक्कली भएको दावी गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *