झारफुकका क्रममा तातो फलाममले डाम्दा एकजनाको मृत्यु, दुई घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गुल्मीको इस्मा गाउँपालिका ३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलाममले डाम्दा मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा ६४ वर्षीय मुखियाको ज्यान गएको छ भने थप दुई जना घाईते भएका छन् ।

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सन्चो बनाउने बहानामा तातो फलामले शरिरमा डाम्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

मालिका गाउँपालिका ६अर्जे स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाई बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुषन्धाबाट खुल्न आएको पन्तले बताउनुभयो ।

मुखिया ढाँड दुख्ने बिरामी भई झारफुकका लागी गत पुस २५ गतेदेखि निरन्तर श्रेष्ठको साथमा हुनुहुन्थ्यो । मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुन बहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पतीहरु प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *