झापा बिद्रोहका पाँच शहीदको स्मृतिमा सुखानीमा गर्ने भनिएको कार्यक्रम स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गर्ने भनिएको प्रदेश १ स्तरीय प्रशिक्षण तथा झापा बिद्रोहका पाँच शहीदको स्मृतिमा सुखानीमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राखेर भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको नेकपाका नेता झलनाथ खनालले मङ्लबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले सभा, सम्मेलन तथा भेला नगर्न भनेका कारण कार्यक्रम स्थगित गरिएको बताइएको छ ।नेकपाले हरेक वर्ष झापा बिद्रोहका शहीदको सम्झनामा फागुन २९ गते सुखानीमा जनसभा लगायतका कार्यक्रम गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रशिक्षण तथा सुखानीको कार्यक्रममा सहभागी हुने घोषणा गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *