झापा तरुणदलद्वारा बृद्धाश्रामलाई बिभिन्न सामाग्री वितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल तरुणदल क्षेत्र नम्बर २ झापाले बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्धरा सञ्चालित बृद्धाश्रामलाई सामाग्री हस्तानतरण गरेको छ ।मङ्लबार तरुणदल क्षेत्र नम्बर २ ले बृद्धाश्राममै पुगेर एक कार्यक्रमका बिच थर्मस, डेक्ची, लेनलाइन फोन, इमरजेन्सी लाइट, फिनेल, हारपिक, तरकारीमा हाल्ने मसला, हटकेश लगायतका सामाग्री हस्तानतरण गरिएको नेपाल तरुणदल क्षेत्र २ का अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

सामाग्री हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले तरुणदल क्षेत्र नम्बर २ ले गरेको कार्यक्रमको उच्च प्रशंसा गरेका थिए । तरुणदल क्षेत्र नम्बर २ ले यसअघि जिर्ण रहेको जिल्ला कारागारको छानो पुनः निमार्णकालागि करीब एक लाख ५० हजार बराबरको जस्तापाता हस्तानतरण गरेको थियो । को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य शुधिर शिवाकोटी, महासमिति सदस्य सिता पौडेल, जिल्ला सदस्य जलकुमार गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *