जेनिश र सुष्मा बक्सिङ्ग फाइनलका उत्कृष्ट खेलाडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पुरुषमा पोखराका जेनिश गुरुङ र महिलामा नक्सालकी सुष्मा तामाङ प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार उत्कृष्ट खेलाडी घोषित भएका छन ।

प्रतियोगिताको पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मलिक, ५६ केजीमा पोखराका जेनिश गुरुङले पाल्पाका ज्ञानेन्द्र कमामु, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवार, ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोविन प्रधान, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनीष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल विष्टले नक्सालका सम्पन्न तण्डुकारलाई फाइनलमा पराजित गरी स्वर्ण जिते ।

ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा नक्सालकी सुष्मा तामाङले बीएफसीकी रमिशा श्रेष्ठ, ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल, ५१–५४ केजीमा एपीएफकी सन्जुमाया थिङले बीएफसीकी सुमिना खड्का, ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेछेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृषना जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउदै पहिलो भए । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा पोखरा तथा महिलामा झापा टिम च्याम्पियन बने ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *