जुम्लाको पातरासि गाउँपालिका ४ स्थित पट्यौटामा चट्याङ पर्दा २१७ बटा भेडा मरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जुम्लामा चट्याङ लागेर दुइसय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका ४ को पट्यौटामा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले दुईसय बढी भेडा मरेको भेटरिनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिएकाछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार पशु तथा भेटेरिनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । दुइसय सय बढी भेडा मरेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।

विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्र पठाइने भेटेरिनरी कार्यालयले जनाएको छ । मङ्गलबार बेलुकीसम्म विवरण आउनले पालिकाले जानकारी दिएको छ ।

एकैपटक धेरै भेडा मर्दा किसानलाई ठूलो क्षति पुगेकोले सरोकारवाला निकायले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए ।
यसैगरी गएको वर्ष पनि चट्याङले तिला गाउँपालिका ६ को सुडीका किसानका दुई सय ५० भेडा मरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *