जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्यो मापदण्ड पालना भए नभएको अनुगमन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारले सवै प्रकारका यात्रुबहाक सवारी साधानमा पूर्णक्षमतामा यात्रुराखि सञ्चालन गर्न पाउने निर्णय गरेसंगै प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले काठमाडौंको कोटेश्वर गौशला लगाएतका क्षेत्रमा सार्वजनिक यातायातमा रहेका यात्रु तथा चालकहरुले स्वास्थ्य मापदण्ड पालनाका बारेमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माक्स नलगाइन सार्वजनिक यातायातको प्रयोग गर्नेलाई रु एक सय जरिवाना पनि गरिएको थियो ।

त्यस्तै यात्रुबाट तोकेभन्दा बढि भाडा लिने सवारी साधानलाई पनि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासनिक अधिकृत बिष्णुराज बेल्वासेले जानकारी दिनुभयो । अनुगमनका क्रममा कोटेश्वरमा रहेको बस काउन्टरमा यात्रुको अवस्था, भाडा दर लगाएतका बारेमा जानकारी लिइएको उनले बताए ।

चाडवाडमा हुनसक्ने ठगीका साथै कोरोना महामारीमा जनताको जिवनयापनलाई सहज बनाउनका लागि निरन्तर अनुगमन गरिने प्रशासन कार्यालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *